शंकास्पद वस्तु टाइम बम, सेनाद्वारा निष्क्रिय

शंकास्पद वस्तु टाइम बम, सेनाद्वारा निष्क्रिय

केन्द्रबिन्दु
0
Shares

महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ ।

टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । 

प्रहरीले उक्त बमको विषयमा अनुसन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको विषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

Logo