नेपालमा पछिल्लो २४ घण्टामा १५५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १५५ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा ५४० जनाले संक्रमण जितेका छन्।
सोही अवधिमा नेपालमा थप २ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३४ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर ८ हजार ८३९ जना सक्रिय संक्रमित रहेका छन्।





























प्रतिक्रिया