सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता कुनै निश्कर्षमा नपुगेरै सकिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरू आआफ्नै अडानमा अडिग रहँदा छलफल कुनै निश्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
'छलफलमा हामीले प्रतिनिधि सभा सुचारु गर्न आग्रह गरेका थियौं। तर, एमाले नेताहरूले पुरानै अडान दोहोर्याउनु भयो,' उनले भने ।
बैठकमा दुवै दलका दोस्रो तहका नेताबीच छलफल भएको हो। छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की सहभागी थिए।
फाइल फाेटाे





























प्रतिक्रिया