कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन फागुन २६ र २७ गते हुने

कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन फागुन २६ र २७ गते हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औं जिल्ला अधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ। 

शनिबार केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २६ गते मनोनयन दर्ता गरि भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो।

मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिनेछ। जिल्ला सहसचिव अनुप न्यौपानेका अनुसार यसअघि पटक-पटक सर्दै आएको अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको हो। कांग्रेस सिन्धुपाल्चोकका शीर्ष नेताहरूको बैठकबाट सो निर्णय गरिएको उनले जानकारी दिए।

Skip This
Skip This
Logo