‘एमालेलाई घेर्ने योजना सफल हुँदैन’: ईश्वर पोखरेल

‘एमालेलाई घेर्ने योजना सफल हुँदैन’: ईश्वर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरेका छन्। 

बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय उद्घाटन गर्दै उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए।

उनले एमालेलाई घेर्ने र बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरे। प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरे । 

नगरपालिकाका प्रमुख उद्वव खरेलले स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाए।  

Skip This
Skip This
Logo