एमसीसीसँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्छ : झलनाथ खनाल

एमसीसीसँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्छ : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादीका सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौतासँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै एमसीसी र एमसीए नेपालसँग भएका सबै सम्झौता अध्ययनका लागि संसदमा पेस गर्नुपर्ने बताएका हुन्। 

एमसीसी सम्झौता सर्तैसर्तको सम्झौता भन्दै उनले राष्ट्रलाई घात गर्ने अनुदान सम्झौताको एक पैसा पनि लिन नहुने बताए। उनले नेपालमा धेरै स्राेत रहेकाे भन्दै आफैंले यस्ता आयाेजना पूरा गर्नुपर्ने बताए।

Skip This
Skip This
Logo