पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको पिसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरि १११ जनामा संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा ४१५ जना कोरोना संमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको छ।
आज काठमाडौं उपत्यकामा ३६ संक्रमित थपिएका छन्। भक्तपुरमा ३, ललितपुरमा ३ र काठमाडौंमा ३० जना थपिएका हुन्।





























प्रतिक्रिया