नेपाल कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नहुने दाबी गरेका छन्। उनले यस्ता 'हावा कुरा' नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न अन्य दलका सांसद र नेताहरुलाई आग्रह गरेका हुन्।
'धेरै झुट नबोलौं, हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्देका छौं यो हदसम्मको हावादारी कुरा गर्ने ?,' उनको प्रश्न थियो, 'नेपालको संविधानभन्दा माथि केही हुन्छ?' उनले भने ।
नेपालको संविधानको व्यवस्थाअनुसार सबै देशहरुसँग असंलग्न परराष्ट्र नीति अन्तर्गत सहमति हुने पनि शर्माले दाबी गरे ।
सैन्य रणनीति, वौद्धिक सम्पत्ति, नेपालको संविधान, राष्ट्रिय स्वाधीनता लगायतका कुरा उठेका भन्दै उनले स्वाधीनता महत्वपूर्ण विषय भएको बताए।































प्रतिक्रिया