नयाँ बानेश्वर-तीनकुने सडक खण्डमा गाडी डाइभर्सन, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

नयाँ बानेश्वर-तीनकुने सडक खण्डमा गाडी डाइभर्सन, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

केन्द्रबिन्दु
0
Shares

नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको छ।

प्रहरीका अनुसार  अहिले नयाँ बानेश्वरदेखि तीनकुनेसम्मको सडकलाई खाली गराइएको छ। यस रुटमा चल्ने गाडीलाई नयाँ बानेश्वर र तीनकुनेबाट डाइभर्सन गरिएको छ। संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो।

मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका थिए। सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ। 

Logo