सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन हुनुले कानूनी मान्यता प्राप्त गरेको बताएका छन् ।
१२ बूँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएपश्चात नेपाली समाज विभाजन हुनबाट बचेको पनि उनले बताए । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीतिदेखि कानून र सुरक्षा प्रणालीप्रति नेपालीहरुको अडानपनि स्थापित भएको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले भने, ‘हिजो यो पारित भएपछि म निकै खुशी छु । देश दुर्घटनाबाट बच्यो । संविधान बच्यो । गठबन्धन बच्ने कुरा त त्यति ठुलो मान्दिनँ म चाहीँ । पोहोर सालकै प्रवृत्तिहरु एक ठाउँमा जाने स्थिति बन्यो भने त अठ्यारो आउँछ । त्यसबाट बचेको छ । र यसले कानूनी र वैधानिक बाटो प्राप्त गरेको छ । यो विशुद्ध हामीले पहिला पहिला गरेको आफ्नो संकल्प मात्रै होईन यो । अन्तर्राष्ट्रिय कानूनद्वारा स्थापित भएको प्रक्रिया र मान्यता हो । हामी सबैले गर्व गर्नुपर्छ राष्ट्र फेरि एकतावद्ध भएको छ । राजनीतिक दलहरु फेरि एक ठाउँमा उभिएका छन् । नेपाली समाज विभाजित हुनबाट बचेको छ ।’
उनले थपे, ‘विकास निर्माणको निम्ति आएको परियोजनालाई हामीले हिजो १२ बुँदे घोषणा गरेका छौँ । त्यसले आर्थिक परियोजनाको रुपमा विकासलाई पनि निकास दिएको छ । हाम्रो राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, हाम्रो असंलग्न नीति, हाम्रो संविधान, हाम्रो कानून, हाम्रो सुरक्षा प्रणालीलाई पनि राम्रैसँग हाम्रो स्वतन्त्र अडान चाहीँ हिजोबाट स्थापित भएको छ । हामी सबैले यसलाई सकारात्मक ढंगले हेर्न, सकारात्मक ढंगले स्थापित गर्न जरुरी छ ।’
प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट निवासमै गएर सघाउन आग्रह गरेपनि सभामुखको राजिनामा र एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त नभइकन सघाउन नसक्ने वचन दिएका कारण सहमती जुट्न नसकेको उनको भनाइ छ ।
राष्ट्रिय महत्वको संवेदनशील विषय, जनतामा यतिधेरै विवाद, बहस भइराखेको विषयमा राष्ट्रिय सहमती गर्नु उचित भएको भएको भन्दै
उनले राष्ट्रिय सहमती गरेर कसरी यसलाई अगाडी बढाउने टुंगोमा लैजाउँ भनेर सुझाव मैले पटक पटक प्रधानमन्त्रीलाई दिएँ ।































प्रतिक्रिया