वैशाख १० सम्म पूर्ण खोपको व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

वैशाख १० सम्म पूर्ण खोपको व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले स्थानीय चुनावका लागि वैशाख १० सम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

आयोगको सोमबार बसेको बैठकले वैशाख ३० मा हुन लागेको स्थानीय चुनावलाई ध्यानमा राखेर यस्तो निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका अनुसार ५९.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने पहिलो मात्रा लगाउनेको संख्या कुल जनसंख्याको  ७३.९ प्रतिशत  रहेको मन्त्रालयले जनाएको छ। अहिले वुस्टर  डाेज लगाउने क्रमसमेत चलिरहेको छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ८० वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको जनाएको छ। 

Skip This
Skip This
Logo