मोटरसाइकल चोरी गरेर बेच्ने युवक पक्राउ

मोटरसाइकल चोरी गरेर बेच्ने युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

मोटरसाइकल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ।

रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चार स्कुटरसहित पक्राउ गरेको हो।

परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Skip This
Skip This
Logo