एमाले अध्यक्ष ओली आज राैतहट जाँदै

एमाले अध्यक्ष ओली आज राैतहट जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान राैतहट जाँदैछन्। माैलापुरमा आयाेजना हुन लागेकाे मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लागेका हुन् ।

मौलापुरका मेयर रिनाकुमारी साहकाे नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो।

मौलापुर-५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो।

महायज्ञमा नायक राजेश हमाल लगायत कलाकारको प्रस्तुति रहनेछ।

Logo