बाँकेको खजुरामा भेटिएकाे प्रेसर कुकर बम सेनाद्वारा निष्कृय

बाँकेको खजुरामा भेटिएकाे प्रेसर कुकर बम सेनाद्वारा निष्कृय

केन्द्रबिन्दु
0
Shares

बाँकेको खजुरा बजारको मनकामना चोक (हालकाे पृथ्वी चोक)मा अज्ञात समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेकाे छ।

चोकमा रहेको राष्ट्रिय झण्डा मुनि राखिएको प्रेसर कुकर बममा ‘नो एमसीसी’ लेखिएको थियो। सो स्थानमा बम राखिएको बिहान ७ बजे सूचना पाएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मधुसूधन न्यौपाने जानकारी दिए।

चोकमा रहेको राष्ट्रिय झण्डा मुनि बम राखिएपछि नेपालगञ्ज–गुलरिया सडकखण्ड बिहान सवा ११ बजेसम्म अवरुद्ध भएको थियो। नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण इमाम नगर राँझा ब्यारेकबाट खटिएकाे टोलीले बम निष्कृय पारेको हाे।

सो टोलीले बिहान ११ः४ मिनेटमा विष्फोट गराई बम निष्कृय पारेको हो। खजुराको बजारमा नै बम राखेपछि स्थानीय बिहानैदेखि त्रसित बनेका थिए। बम डिस्पोज गरेसँगै बिहानैदेखि अवरुद्ध भएको नेपालगञ्ज गुलरिया सडक सुचारु भएको छ। घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

Logo