नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले सभामुख अग्नि सापकोटाको राजीनामा कुरेर बसेको बताएका छन् ।
मंगलबार एमसीसीका बारेमा एमालेको आधिकारिक धारणा घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सभामुखले राजीनामा नदिए एमालेले उनीविरुद्ध महाभियोग ल्याउने पनि उनले बताए।
सभामुखले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको ओलीको आरोप थियो । उनले कुनैपनि हालतमा एमसीसी संसदमा टेबल हुन दिन्नँ भन्ने सभामुखले बोली फेर्दै एमसीसी टेबल गर्न दिएको पनि आरोप लगाए ।
अर्को प्रशंगमा ओलीले वर्तमान सरकार ढाल्न एमालेले भूमिका खेलेको भन्नु भन्दा पनि यो सरकार बन्नै नदिन खोजेको तर परमादेशबाट झुक्याउँदै सरकार गठन भएको आरोप लगाएका छन्।





























प्रतिक्रिया