एमसीसीबारे एमालेले आफ्नो धारणा लिन सकेन : माधव नेपाल

एमसीसीबारे एमालेले आफ्नो धारणा लिन सकेन : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना (एमसीसी) जस्ताको त्यस्तै  पेश हुनबाट जोगिएको बताएको छ ।  

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल गरेको बताए । 

पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष माधव नेपालले भने ‘ एमसीसी ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ, ।’ ‘एमसीसीबारे हामी धारणा लिन्छौँ र त्यसैअनुसार कदम चाल्छौँ भन्ने ओली एण्न्ड कम्पनीबाट सुनेका थियौँ । तर, हामीले अन्त्यमा एमाले न समर्थन न विरोधमा देख्यौँ ।’ 

सभामुखको पक्षमा उभिन्छौँ

अध्यक्ष नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् । 

मंगलबार पत्रकार सम्मेलन गरेर उनले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी सहमत नहुने बताएका हुन् । 

सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइएका बेला उनले आफ्नो पार्टी संसदको गरिमा जोगाउने सभामुख सापकोटाको पक्षमा उभिने बताए । 

एमसीसीबारे देखिएको विवाद र आशंका घोषणापत्रले निवारण गरेको दाबी गरेका उनले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए । 

 

Logo