पोखराकाे बर्डफ्लु संक्रमित क्षेत्रमा ४ सय कुखुरा नष्ट

पोखराकाे बर्डफ्लु संक्रमित क्षेत्रमा ४ सय कुखुरा नष्ट

केन्द्रबिन्दु
0
Shares

पोखरामा बर्डफ्लु भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ। बुधबार मात्रै ४ किल्लाभित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो। संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ।

वडा नम्बर १५ र १७ मा ३९ घरधुरीका ३ सय ८१ वटा स्थानीय कुखुरा मारिएको छ। यस्तै, १२ वटा हाँस, ५१ बट्टाई, ५ वटा टर्की, ५ सय ९ वटा अण्डा, २२ केजी कुखुराको मासु, ३ सय २२ किलो दाना र ३ हजार ८ सय ५० किलो सुली नष्ट गरिएको छ। कक्षका संचार अधिकृत गृष्म न्यौपानेका अनुसार सन् २०१९ पछि अहिले पुनः वर्डफ्लु देखिएको हो।

कास्कीको मादी गाउँपालिका स्थित याङ्जाकोटमा पछिल्लो समय संक्रमण भेटिएको थियो। २०७३ फागुनमा पनि खाल्टेमसिनामा संक्रमण फैलिएको थियो । पोखरामा पहिलोपटक सन् २०१० मा कुखुरामा वर्डफ्लु संक्रमण पुष्टि भएको हो ।

हाल पोखरा १५ का खुशीमान गुरुङले पालेको फार्म र पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा फार्मबाट बर्डफ्लु संक्रमण भेटिएको हो। नजिकका फार्महरुको निगरानी र परीक्षणसमेत गर्न थालिएको न्यौपानेले बताए।

Skip This
Skip This
Logo