राप्रपाले आज एमसीसीबारे पार्टीकाे धारणा सार्वजनिक गर्ने

राप्रपाले आज एमसीसीबारे पार्टीकाे धारणा सार्वजनिक गर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएकाे छ। एमसीसीकाे विराेधमा रहेकाे राप्रपाले केन्द्रीय समितिकाे बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेकाे हाे।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारकाे बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसपछि एमसीसीबारे पार्टीकाे आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए। बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेकाे छ।

बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धी, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन पेस गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि नै छलफल सुरु भएको छ। राप्रपा बैठक आज सकिँदैछ।

Skip This
Skip This
Logo