नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनशनमा सुरु गरेका छन् ।
बिहीबार देखि काठमाडौंको माइतिघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एम.बि.बि.एस पढ्न विद्यार्थीले अनशन सुरु गरेका हुन् ।
नोबेल कलेजबाट पिडित १० विद्यार्थीहरुले सरकारले बनाएको नियम कानून नमान्ने क्यापसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरण सहित स्थानन्तरण गर्न सरकारसँग माग राख्दै रिलेअनशन तथा धर्ना सुरु गरेका हुन् ।
उनले विगत ८० दिन देखि निरन्तर रुपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेको बताए । नोबेल मेडिकल क्यापसका अनसनरत विद्यार्थी रुपेश पौडेलले चिकित्साशिक्षा आयोजले उपत्यका बाहिरका मेडिकल कलेजले ४४ लाखमा एम.बि.बि.एस पढाउन भने पनि नोबेल मेडिकल कलेजले त्यो शुल्क भन्दा बढी शुल्क लिएकाले विद्यार्थी आन्दोलित भएको बताए ।
उनले नोबेल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनको लागि माग लिएर गए पनि कसैले नसुनेको गुनासो गरे । धेरै विद्यार्थीले आत्मासर्मपन गरेर कलेजले तोकेको शुल्कमा पढ्न थाले पनि १० जना विद्यार्थी भने शिक्षण अस्पतालमा स्थानन्तरणको लागि रिलेअअनशन सुरु गरिएको जानकारी दिए ।
उनले भने,‘राज्यको नियमहरु विपरित हो त्यही भएर नोवल प्रशासनले तोकेको भन्दा बढी शुल्क लिन पाउँदैन भनेर आन्दोलन गरौं । त्यसको लागि जिल्ला प्रशासन नियामक निकाय धायौं । कहाँबाट पनि केही निकास नपाएपछि काठमाडौं आयौं । काठमाडौं आएर धेरै ठाउँमा धाएपछि कक्षामा गएको तेस्रो दिन देखि कलेज प्रशासनबाट निस्काशन गरिया ।’
पौडेलले राज्यले बनाएको कानून राज्यले नै कार्यान्वय गर्न नसक्दा एम.बि.बि.एस पढ्ने विद्यार्थी डिप्रेसनमा पुग्ने अवस्थामा पुगेको बताउदै राज्यका हरेक निकायमा माग सम्बोधनको लागि गुहार माग्दा सुनुवाइ नभएकाले बाध्य भएर अनशन सुरु गरेको बताए ।































प्रतिक्रिया