दैलेखमा आगोमा जलेर आमा-छोराको मृत्यु

दैलेखमा आगोमा जलेर आमा-छोराको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दैलेखको ठाटीकाँध गाउँपालिका-१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादी रहेका छन् ।

चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo