पुँजीबजारबाट ८ अर्ब ९० करोड राजश्व संकलन

पुँजीबजारबाट ८ अर्ब ९० करोड राजश्व संकलन

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ। नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग पुँजीबजार रिपोर्टिङ सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सिडिएस एन्ड क्लियरिङले चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको बताएको हो । 

कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले नेपाली पुँजीबजारको आवश्यकता अनुसार नयाँ स्टक एकचेञ्ज आउनु पर्ने बताए । उनले यसअघि आफूले तत्काल नयाँ स्टक एक्सचेञ्ज ल्याउन पहल गर्छ नभनेको स्पष्ट पारे । बजारको आवश्यकतालाई नेप्सेले पूरा गर्न सफल हुनुपर्ने तथा नेप्से त्यही अनुसार लाग्नु पर्ने र त्यस्तो गर्न नसके अन्य विकल्प खोज्नु पर्ने देखिएको मात्रै भनेको उनको भनाइ थियो । 

उनले सरकारले स्वीकृति दिए नेप्सेले स्वीकृति अनुसार साधारण शेयर आइपिओ जारी गर्ने उल्लेख गरे। अहिले नेपाली पुँजीबजार सुधार गर्नका लागि भएका नीति  तथा कानूनमा सुधार गर्नु पर्ने आवश्यकता भएकाले नेप्सेले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको आचार्यले बताए। आचार्यले नेप्सेलाई टेक्नोलोजिक हिसाबले बलियो बनाएर लगानीकर्तालाई थप सहज बनाउन नेप्सेले तयारी गरिरहेको जानकारी दिए ।

त्यस्तै अन्तर्क्रिया कार्यक्रममा बोल्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद आचार्यले पछिल्लो समय पुँजीबजारमा लगानीकर्ताको आकर्षण बढेकाले राजश्व संकलन पनि बढेको बताए। उनले पछिल्लो १८ महिनामा ३४ लाखले डिम्याट खाता खोल्नेको संख्या बढेको उल्लेख गरे। 

डिम्याट खाता खोल्नेको संख्या अहिले ५० लाख १९ हजार ८२६ पुगेको सिइओ आचार्यले जानकारी दिए। आचार्यले डिम्याट खातासँगै मेरो शेयरमा खाता खोल्नेको संख्या पनि पछिल्लो १८ महिनामा बढेर ४१ लाख ३३ हजार २४० पुगेको बताए। उनले गत आर्थिक वर्षमा १४ अर्ब १४ करोड रुपैयाँ राजश्व जम्मा भएकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन भएको बताए ।

पछिल्लो समय शेयर बजारप्रति आम सर्वसाधारणको आकर्षण बढेसँगै हितग्राही खाता (डिम्याट) खोल्नेहरूको संख्यामा समेत उल्लेखनीय वृद्धि भएकाले नेपाली पुँजीमा पनि वृद्धि हुँदै गएको छ । नेप्सेले ग्रामीणस्तरसम्म पुँजीबजारलाई विस्तार गर्न नयाँ सफ्टवेयरहरु निर्माण गरेर कारोबारका लागि सहज बनाउने भएको छ।

Skip This
Skip This
Logo