फेसनको रुपमा अहिले स्मार्ट वाच योङ जेनेरेसनहरुको पहिलो रोजाईमा रहेको छ। यही कुरालाई बुझेर धेरै किसिमका कम्पनीहरुले स्मार्ट वाचको निर्माणमा आफूलाई सक्रिय बनाएका छन्।
यदि तपाईंहरु पनि स्मार्ट वाच किन्ने सोचाईमा हुनुहुन्छ भने यी कुराहरुलाई एक पटक पढेर मात्र किन्ने सोचाई बनाउनु होला ।
एप्पल वाच सिरिज
स्मार्ट वाचमा बढी रुचाईएको कम्पनी भनेको एप्पल रहेको छ । एप्पलले अहिले स्मार्ट वाचमा सिरिज थ्रिलाई बजारमा ल्याइसकेको छ । आफ्नो पछिल्लो सिरिज टु को जस्तै देखिए पनि यसको अन्तरिक कार्यहरुमा भने फरक रहेको छ । एप्पलले निकालेको यो स्मार्ट वाचमा ओएस फोर, १ दशमलब ५३ इन्चको ओलिड डिस्प्ले, एस टु प्रोसेसर, ८ र १६ जिवीको स्टोरेज र १८ घन्टा चल्ले क्षमताको ब्याट्री रहेको छ ।
गार्मिन फर रनर
गार्मिनले बजारमा निकालेको फर रनर पूर्णरुपमा स्मार्ट वाच नभएपनि यसमा स्मार्ट वाचको सुविधाहरु भने रहेका छन् । आफ्नो स्मार्टफोनसँग पियर गरेर म्युजिकमा कन्ट्रोल र मेसेजको नोटिफिकेसन पाउन सकिन्छ । गार्मिन अपरेटिङ सिष्टम रहेको यसको डिस्प्ले ३१ दशमलब १ मिलिमिटर रहेको छ । ७ दिनसम्म चल्ने ब्याट्री क्षमता यसमा रहेको छ।
सामसुङ गियर थ्रि
सामसुङको गियर थ्रि पनि अत्याधिक रुचाइएको स्मार्ट वाचको रुपमा रहेको छ। जिपिएर अप्सनसमेत रहेको यो वाचमा टाइजन अपरेटिङ सफ्टवेयर रहेको छ। तीन दिनसम्म चल्ने ब्याट्री रहेको यो स्मार्ट वाचमा डुअर कोर प्रोसेसर र ४ जिबी स्टोरेज रहेको छ।
फोसिल क्यू मार्सल
स्ट्यालिस स्मार्ट वाच रुचाउनेहरुको पहिलो रोजाईको रुपमा फोसिलको क्यू मार्सल पनि हुने गरेको छ । एण्ड्रोइड अपरेटिङ सिष्टमको स्न्यापड्रगनको प्रोसेसर रहेको यो स्मार्ट वाचको एलसिडी डिस्प्ले १ दशमलब ५ इन्चको रहेको छ । ४ जिवी स्टोरेज क्षमता रहेको यो स्मार्ट वाचको ब्याट्री २४ घन्टासम्म चल्ने गर्छ ।
आशुष जेन वाच
एण्ड्रोइड अपरेटिङ सिष्टम भएको स्मार्ट वाच रुचाउनेहरुका लागि आशुषको जेन वाच थ्रि उपयोगी हुन सक्छ । कन्बेसनल वाच जस्तो देखिने यो वाचको हार्ड वेयर बटनहरु निकै उपयोगि रहेको छ । १ दशमलब ३९ इन्चको डिस्प्ले रहेको यो स्मार्ट वाचमा स्न्याप ड्रगनको प्रोसेसर रहेको छ । ४ जिबी स्टोरेज क्षमता रहेको यो स्मार्ट वाचको ब्याट्री एक पटक चार्ज गरेपछि दुई दिनसम्म काम गर्न सक्छ ।
वावे वाच २
स्पोर्टी लुकको स्मार्ट वाच लगाउन चाहनेहरुको पहिलो रोजाईमा वावेको वाच टु रहेको छ । जिपिएस र फोर जी कनेक्टिभिटी रहेको यो स्मार्ट वाच अन्यको तुलनामा केही गह्रुँगो रहेको छ । एण्ड्रोइड अपरेटिङ सिष्टम रहेको यो वाचमा स्न्यापड्रयागन प्रोसेसर रहेको छ । १ दशमलब २ इन्चको डिस्प्ले रहेको यो वाचमा ४ जिवी स्टोरेज रहेको छ। एक पटक चार्ज गर्दा यसको ब्याट्रीले दुई दिनसम्म काम गर्न सक्छ।































प्रतिक्रिया