निर्वाचन पछि धकेल्न खेलबाड भईरहेको छ : सुवास नेम्वाङ

निर्वाचन पछि धकेल्न खेलबाड भईरहेको छ : सुवास नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्न खेलबाड गरिरहेको आरोप लगाएका छन् । 

संविधानसभाका अध्यक्ष समेत रहनु रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेलखेलिरहेको बताए । 

प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए । 

उनले भने, ‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन । जनतामा जाने भनेको डराउँछन । भरसक जनतामा जाने मिति पर सार्छन । बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भईरहेको छ ।’ 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफ्ैले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोश व्यक्त गरे ।नेपाली जनताको निम्ति नेपालको भूमि समेटेर आफ्नो पार्टी नेतृत्वको सरकारले बनाएको सो चुच्चे नक्सा प्रिय भएको तर वर्तमान सरकारले गायव बनाउने गरेको उनको भनाई थियो । 
 

Skip This
Skip This
Logo