नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको छ। रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहान ११ बजदेखि मतदान सुरु भएको थियो।
सहजरूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो। मतपत्र च्यातेर दुवै पक्षबीच विवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए।
नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो। चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको छ।































प्रतिक्रिया