एमसीसीबारे नेपाली जनतालाई बुझाउन सक्नुपर्दछ : रामचन्द्र पौडेल

एमसीसीबारे नेपाली जनतालाई बुझाउन सक्नुपर्दछ : रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले मंसीर अघिनै संघीय संसदको चुनाव हुने संकेत दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले संसद सुचारु नहुने हो भने चाँडै संघीय संसदको निर्वाचन गराउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको बताए । 

नेता पौडेलले भने ‘मैले त प्रधानमन्त्रीलाई भनि सके–चाँडै संसद सूचारु गर्नु पर्छ । अव यस्तो अलमलमा राख्नु हुँदैन देशलाई । म सबैलाई के भन्न चाहन्छु भने–एमसीसी पास गरिएको छ । यसले मुलुकको विकास र समृद्धिले फड्को मार्नेछ । तर नेपाली जनतालाई यसबारे बुझाउन सक्नुपर्दछ ।’ 

उनले देशलाई अलमलमा राख्न नदिन पनि संसद नचले नयाँ संसदका लागि निर्वाचनमा छिटो जानुको विकल्प नरहेको तर्क गरे ।
 

Logo