घरेलु मैदानमा एकदिवसीय र टी-२० क्रिकेट सिरिज हुने

घरेलु मैदानमा एकदिवसीय र टी-२० क्रिकेट सिरिज हुने

केन्द्रबिन्दु
0
Shares

नेपालले घरेलु मैदानमा एकदिवसीय र टी-२० क्रिकेट सिरिज आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आइतबार सो बारे औपचारिक जानकारी गराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) सँग एकदिवसीय तथा पीएनजी र मलेसियासँग त्रिदेशीय टी-२० क्रिकेट सिरिज खेल्ने भएको हो ।

एक दिवसीय सिरिज चैत ११ र १२ गते तथा त्रिदेशीय टी-२० सिरिज चैत १४ देखि २१ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ ।

नेपाली क्रिकेट टोली अहिले भने 'लिग टू'को तयारीका लागि श्रीलंकामा छ । श्रीलंकामा नेपालले चार वटा अभ्यास खेल खेल्नेछ ।  

Logo