खप्तड गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा

खप्तड गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

हिमालयन शेर्पा क्लब पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा सोमबार भएको खेलमा हिमालयन शेर्पाले आयोजकको टिम सुदूरपश्चिम-११ लाई २-१ गोल अन्तरमा पराजित गर्दैै अन्तिम चारमा स्थान पक्का गर्‍यो।

आयोजक टिम भने पहिलो खेलबाटै बाहिरिएको हो। फाइनल प्रवेशका लागि अब हिमालयन शेर्पाले मनाङ मर्स्याङदीसँग प्रतिस्पर्धा गर्नेछ। 

हिमालयन शेर्पाको जितमा पिस्टोन मुटाम्बा र सुरेश कुमालले १-१ गोल गरे। डिबक्समा अनमार्क रहेका पिस्टोनले ३०औं मिनेटमा हेडरमार्फत गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुवात मै सुरेश कुमालले गोल गरेपछि हिमालयनले २ ० को अग्रता बनाएको थियो।

७२ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमले खेलमा फर्कने प्रयास गरेपनि सो पर्याप्त रहेन। 

प्रतियोगितामा मंगलबार सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र वाग्मती युवा क्लवबीच खेल हुनेछ। 

Logo