माओवादी केन्द्रले ताेक्याे सातै प्रदेशमा इन्चार्जहरु, कुन प्रदेशमा काे?

माओवादी केन्द्रले ताेक्याे सातै प्रदेशमा इन्चार्जहरु, कुन प्रदेशमा काे?

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ। सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो। 

जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन्। यस्तै मधेश प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन्। 

लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको माओवादी केन्द्रले जनाएको छ।  

त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन्।

Logo