नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखकाे हात खाली हुने

नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखकाे हात खाली हुने

केन्द्रबिन्दु
0
Shares

नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदैछ। नेष्डो लघुवित्तमा २६ लाख बढीले आवेदन दिएका छन्। जसमा ७७ हजारले मात्र सेयर पाउनेछन्। बाँकी २५ लाख बढीको हात खाली हुनेछ।

नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ। 

१०० रूपैयाँ अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएकाे थियाे। 

सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएकाे थियाे।

Logo