नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो।
नेपालले थाइल्यान्डसँग मार्च २४ मा खेल्ने छ। यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्नेछ। खेल मार्च २७ मा हुनेछ।
एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो। छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन्।































प्रतिक्रिया