सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्सका संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटनबीच भेट भएको छ।
सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार शिष्टाचार भेटवार्ता भएको हो ।
सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटमा उनले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गरे। सभामुखको निजी सचिवालयका अनुसार अध्यक्ष रिटनले दुई मुलुकबीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन आफूहरु अझै सक्रियताका साथ लागिपर्ने बताए। भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवहरुबारे पनि छलफल गरिएको थियो।





























प्रतिक्रिया