शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस

शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सम्झौता अवधिमा रासायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्र अनुसार २५/२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए । ठेक्का सम्झौता अनुसार मल नल्याएपछि कृषि सामग्री कम्पनीले यसअघि दुवै कम्पनीको जमानत रकम जफत गर्दै कारवाहीसमेत गरेको छ ।

कम्पनीले कारवाही गरेर थप कारवाहीस्वरुप कालोसूचीमा राख्न सिफारिस गरिएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए । “हामीले सम्झौता भएका सबै कागजपत्रसहित सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएका हौँ, कार्यालयले काजगपत्र हेरेर थप निर्णय गर्नेछ”, उनले भने ।

शैलुङसँग यसअघि नै ठेक्का सम्झौता भएको ठेक्का यथावत् रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३० हजार र २५ हजार गरी ५५ हजार मेट्रिक टन रासायनिक मलको ठेक्का सम्झौता भइसकेको छ ।

Logo