‘चांगन हन्टर’ पिकअप सेगमेन्टमा राम्रो पहिचान कायम गर्दै, दुई महिनामा ३० वटा बुकिङ्ग

‘चांगन हन्टर’ पिकअप सेगमेन्टमा राम्रो पहिचान कायम गर्दै, दुई महिनामा ३० वटा बुकिङ्ग

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा हालै उपलब्ध चांगन अटोको उत्कृष्ट पिकअप ‘हन्टर’ ले छोटो समयको अन्तरालमै नेपाली अटोमोबाइल पारखीहरुको ध्यानाकर्षण गर्न सफल भएको छ। नेपालमा चांगनको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पका अनुसार आफ्नो आगमनको दुई महिनाकै अवधिमा हन्टर ३० जना ग्राहकबाट बुकिङ्ग भइसकेको छ।

ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको हन्टरलाई हालसम्म ४१२ जना ग्राहकहरुले टेष्ट राइड गरेका र ग्राहकहरुको सहभागिता निकै नै उत्साहजनक भएको बताइएको छ।

हन्टरमा रहेकाे टर्बोचार्जड इन्जिनले १५० एचपी पावर र ३५० एनएम टर्क प्रदान गर्दछ। सो पिकअपको ग्राउन्ड क्लियरेन्स २३० एमएम रहेको छ जुन यसको विधामा उत्कृष्ट छ। १ टनसम्मको भार भजन क्षमता रहेको हन्टर पिकअपमा ६ स्पिड अटोमेटिक ट्रान्समिसन समावेश छ जसले गर्दा रोडको स्थिति अनुरुप अटोमेटिकरुपमा चेन्ज हुने गर्दछ। यी विविध विशेषतासँगसँगै यसमा इको र स्पोर्ट्स मोड पनि समावेश छ।

ग्राहकहरुले हन्टरको बारेमा www. Changannepal.com मार्फत विस्तृत जानकारी लिनुका साथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्ने व्यवस्था छ। हन्टर एवम् चांगन अटो सम्बन्धी सम्पूर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गरि प्राप्त गर्न सकिन्छ।

Logo