प्रधानमन्त्रीका कारण कुलमान नियुक्तिको विषय मन्त्रिपरिषदको मुल एजेन्डामै प्रवेश भएन

प्रधानमन्त्रीका कारण कुलमान नियुक्तिको विषय मन्त्रिपरिषदको मुल एजेन्डामै प्रवेश भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री ओलीले कानूनी प्रश्न उठाएपछि कुलमानलाई प्राधिकरणमा पुनः नियुक्ति गर्ने प्रस्ताव बैठकमा मुल एजेन्डा नबनेको हो ।

सोमबारको मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले कुलमानलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रस्ताव लगेपछि प्रधानमन्त्री ओलीले सुरुमै कानूनी प्रश्न रहेकाले यस विषयमा आफूले थप परामर्श गर्ने बताए पछि पुनः नियुक्ति गर्ने विषय आजको मन्त्रिपरिषदले कुनै निर्णय गरेन ।

अहिले कुलमानको पुनः नियुक्तिको लागि सामाजिक अभियान्ता देखि कलाकारहरुले अभियान नै चलाउन थालेका छन् । केही कलाकारहरुले पनि प्रत्येक दिन राति ८ बजे कुलमानका पक्षमा ५ मिनेट बत्ती भिएर सरकारलाई नियुक्तिको लागि दबाव दिन अभियान चलाउन आह्वान गरेका छन् ।

यता आज साँझ माइतीघर मण्डलामा युवाहरु कुलमान घिसिङलाई पुनः नियुक्ति दिन मैन बत्ती बलेर उनको पक्षमा सडकमा आएका छन् ।

Skip This
Skip This
Logo