श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित

श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित

केन्द्रबिन्दु
0
Shares

अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ।

नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा  १८७ रनमै सेमेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो।  

श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए। यस्तै एस मौर्याले ५०, एल वेभिताले ३७ रनको योगदान गरे।

नेपालको जितमा करण केसीले ३ विकेट लिए। यस्तै सागर ढकाल, कमलसिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले समान २-२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३१ रनको विशाल योगफल तयार पारेको थियो। 

श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पूरा गरेका थिए। रोहित पौडेलले  सर्वाधिक ७२ रन बनाए । कुशल भुर्तेलले ५७ रन,  करणले ५३ रन तथा आसिफ शेखले ५२ रनको योगदान गरे। यस्तै कमल सिंह ऐरीले अविजित ४५ रन, आरिफ शेखले २६ बनाए।

Logo