इंग्लिस प्रिमियर लिग : नर्विचलाई हराउँदै चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग : नर्विचलाई हराउँदै चेल्सीको सहज जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएकाे छ। बिहीबार राति भएकाे खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरकाे जित निकालेकाे हाे।

तुलनात्मकरुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे। नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे।

जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। नर्विच १७ अंक जोडेर पुछारमा छ।

अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३-० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४-० अन्तर र न्युक्यासल युनाइटेडले साउथ ह्याम्पटनलाई २-१ अन्तरले पराजित गरेकाे छ।

Skip This
Skip This
Logo