कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी

कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस सप्तरीको सभापतिमा डा. शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजयी भएका छन् । संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई ११६ मतले पराजित गर्दै १ हजार १८६ मत प्राप्त गरि उनी विजयी भएका हुन्। यादवले १ हजार ७० मत प्राप्त गरेका छन्।

मंगलबार सम्पन्न मतदानको मत गणना बिहीबार बिहानदेखि शुरू भएको थियो। कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन्।

जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए। सभापतिसहित ८५ पदका लागि मतदान भएको छ।

Logo