अनौठो विश्व : १० फिट २ इन्च लामो नङ जसले लेखायो गिनिज बुकमा नाम

अनौठो विश्व : १० फिट २ इन्च लामो नङ जसले लेखायो गिनिज बुकमा नाम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केटीहरूलाई नङ पाल्न मन पर्छ । धेरै केटीहरू स्टाइलिश देखिन प्रायः लामो नङ पाल्छन् । तर यहाँ त्यस्ता व्यक्तिहरु पनि छन् जो ठूलो नङ पाल्ने र नकाट्ने शोख नै राख्छन् ।

उनीहरूले नङ कसरी हेरचाह गर्छन् भनेर तपाईं आश्चर्यमा पर्न सक्नु हुन्छ । अमेरिकाकी क्रिस वाल्टन, एक व्यवसायिक गायिका हुन् । उनको नङको लम्बाई १० फिट २ इन्च छ । जब उनी आफ्ना दुवै हातहरू अगाडि राखेर हिड्थिन् उनलाई देखेर जो कोही पनि डराउँथे ।

 

२०१२ मा, क्रिसलाई गिनीज बुक अफ वर्ल्ड रेकर्डले विश्वको सबैभन्दा लामो नङ भएको महिलाको रूपमा नाम दियो । चम्किलो सुनौलो रंगको क्रिसको नङ गोलाकार आकारमा बढ्न थाल्यो ।

यदि क्रिसका दुबै हातको नङलाई जोड्ने हो भने त्यसको लम्बाई २० फिट हुनेछ । उनी यीनै नङको कारण विश्वमा प्रसिद्ध थिइन् । यति ठूलो नङ भए पनि उनी सजिलैसँग आफ्नो काम गर्न सक्थिन् । यद्यपि क्रिसले आफ्नो नाम गिनिज बुकमा लेखाएपछि नङ काटिन् ।

एजेन्सीकाे सहयाेगमा 

Logo