सफल उद्यमी र विद्यार्थीहरुबीच अन्तरक्रिया (भिडियाे)

सफल उद्यमी र विद्यार्थीहरुबीच अन्तरक्रिया (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं बिजनेस क्याम्पसद्वारा विद्यार्थीहरूसँग रोजगारमा आधारित अन्तरक्रिया गरेको छ । 

उद्यमशीलता र रोजगारमा आधारित सिपबारे युवा उद्यमीसँग बीबीए र बीबीएसका विद्यार्थीहरूबीच अन्तरक्रिया गराइएको हो ।  

शुक्रवार क्याम्पसमा भएको अन्तरक्रिया कार्यक्रममा युवा उद्यमी हिमालय जाबा कफीका गंगन प्रधान, आइएमएस सफ्टवेयरका उद्यमी  सन्तोष ताम्राकार सन्तोष ताम्राकार तथा नुडल्स आर्गानिक उत्पादनका उद्यमी रचना श्रेष्ठले उद्यमशीलता र रोजगारमा आधारित सिपबारे विद्याथीहरुसँग अन्तरक्रिया गराएका हुन् ।  

कार्यक्रमको सहजीकरण विशाल गैरेले गरेका थिए । सो कार्यक्रममा विद्यार्थीहरूले लिएको शिक्षालाई व्यापार तथा रोजगारसँग कसरी जोड्ने सकिन्छ र कसरी सफल व्यावसायिक बन्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो । 

कार्यक्रममा ताम्राकार प्रधानले तथा श्रेष्ठ तीनै जनाले आफूले व्यापारमा गरेको मिहेनत, पाएको दुःख तथा भएका सफलतासहित विद्यार्थीहरूको जिज्ञासालाई समाधान गरेका थिए । उक्त कार्यक्रमको भिडियोलाई यहाँ प्रस्तुत गरिन्छ ।

सफल उद्यमी र विद्यार्थीहरुबीच अन्तरक्रिया

सफल उद्यमी र विद्यार्थीहरुबीच अन्तरक्रिया

Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 11 March 2022

Logo