देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको खाँचो छ : अध्यक्ष थापा

देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको खाँचो छ : अध्यक्ष थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन्।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको टिप्पणी गर्दै देशलाई ताजा जनादेशको खाँचो रहेको बताएका हुन्।

अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरू राजनीतिक दलहरूको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेकोसमेत आरोप लगाए। यस्ता प्रवृतिले मुलुक राजनीतिक संकटमा फस्दै गएकाले ताजा जनादेशको विकल्प नभएको बताएका हुन्।

अध्यक्ष थापाले आउँदो स्थानीय तहको चुनावमा राप्रपा नेपाल सहभागी बन्ने र राप्रपा नेपालको प्राथमिकता स्थानीय चुनाव नभइ संसदीय चुनाव भएको बताएका छन्।

Logo