यमनमा दुई महिनामा ४७ बालबालिका मारिए : यूनिसेफ

यमनमा दुई महिनामा ४७ बालबालिका मारिए : यूनिसेफ

केन्द्रबिन्दु
0
Shares

यमनको गृहयुद्धमा पछिल्ला दुई महिनामा कम्तीमा ४७ बालबालिका मारिएका छन्। जनवरी र फेब्रुवरीमा द्वन्द्वका कारण उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय बालकोष यूनिसेफले जनाएको छ। 

‘गृहयुद्धका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रताडित छन्’, यूनिसेफले भनेको छ। सन् २०१५ देखि सुरु भएको हिंसामा परेर १० हजार बालबालिकाको मृत्यु भएको जनाइएको छ। साउदी नेतृत्वको गठबन्धले हवाई हमला गर्दा मध्यपूर्वकै विकासोन्मुख देश यमनमा ठूलो जनधनको क्षति भएको छ।

हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी यमनको ठूलो भाग कब्जा गरेपछि तत्कालीन राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीले देश छोडेर भाग्न बाध्य भएका थिए। त्यस लगत्तै यमनमा सैन्य हस्तक्षेप भएको थियो।

युद्धको चपेटामा बालबालिका मारिने र घाइते हुने क्रम बढ्दो छ। यसैबीच २४ फेब्रुवरीदेखि रुसी सेनाले युक्रेनमाथि गरेको हमलामा कम्तीमा ७१ जना बालबालिका मारिएका र १ सय भन्दाबढी घाइते भएका छन्।एजेन्सी

Skip This
Skip This
Logo