नेपालसहित १४ सांसदको मुद्दा चैत २० गते पूर्ण सुनुवाइ हुने

नेपालसहित १४ सांसदको मुद्दा चैत २० गते पूर्ण सुनुवाइ हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले माधवकुमार नेपाल सहितका सांसदको कारबाहीसम्बन्धी विषयमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ ।   

आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले यो मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु पर्ने तर्क गर्दै चैत २० गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको हो । 

माधव नेपालसहित १४ सांसदलाई नेकपा एमालेले गरेको कारबाहीलाई मान्यता नदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।  सांसदहरूमा माधवकुमार नेपाल‚ मुकुन्द न्यौपाने‚ जीवनराम श्रेष्ठ‚ रामकुमारी झाँक्री‚ कल्याणी खड्का‚ लक्ष्मीकुमारी चौधरी‚ निरादेवी जैरु‚ पुष्पाकुमारी कर्ण‚ सरला यादव‚ कलिला खातुन‚ विरोध खतिवडा‚ कृष्णलाल महर्जन‚ भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।

Logo