नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहजरुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियाेग लगाउनु परेकाे बताएका छन् । जसले न्यायालयकाे नेतृत्व गरेकाे छ उसकाे नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधान सम्वत सुधारकाे प्रयास थालिएकाे बताए ।
आज राजधानीकाे मीनभवनमा आयाेजित नेपाली कांग्रेसकाे एक महिने घरघर जाउँ, कांग्रेस जिताउँ अभियान अन्तरर्गत आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । साे अवसरमा बाेल्दै कांग्रेस कार्यकर्ताले जनताकाे घरघरमा पुगेर एमसीसीका विषयमा फैलाएका अनावश्यक भ्रम मारे बुझाउन र कांग्रेसलाई नागरिकका के कस्ता सुझाव छन् बुझेर पार्टीमा जानकारी गराउनसमेत आग्रह गरे ।
अहिलेकाे गठबन्धन निर्माण कांग्रेसकाे रहर नभइ परिस्थितिजन्य बाध्यता भयकाे भन्दै तत्कालीन सरकाले गरेकाे असंवैधानिक कामलाई राेक्न र संविधानलाई ट्रयाकमा ल्याउन गठबन्धन बनेकाेसमेत बताए ।
सरकार निर्माणका लागि गठबन्धन बनेकाे भन्दै चुनावसम्मै गठबन्धन गरेर जानू पर्छ भन्ने बिषय उठे पनि पार्टीभित्र यस विषयमा फरक फरक मत रहेकाे भन्दै पार्टी एकमहिने कार्यक्रम लिएर जनतामा गएकाले याे एक महिने अभियानबाट जनता कार्यकर्ताले जे सुझाव दिन्छन् साेहि आधारमा पार्टी केन्द्रीय समित बैठक बसेर आवश्यक निर्णय लिने पनि उनले बताए ।
कार्यकर्ता र जनचाहाना अनुसारको निर्णय पार्टीले गर्ने भएकाले घर घर पुगेर ब्यक्ति ब्यक्तिलाई भेटेर कांग्रेसका पक्षमा चुनावी माहोल सृजना गर्नसमेत कार्यकर्तालाई आग्रह गरे । साे अवसर पाएर पनि काम गर्न नसक्नेहरुलाई मत दिँदा मुलुक र जनताले दुःख पाएकाले अब जस्तोसुकै संकटमा पनि मुलुकलाई निकास र विकास दिने पार्टी कांग्रेस भएकाे घटनाक्रमले पुष्टि गरिसकेकाे समेत नेता सिंहले बताए ।
एमसीसीका विषयमा सरकारमा हुँदा राष्ट्र हित र सरकार बाहिर हुँदा राष्ट्रघात देख्ने दलहरुका कारण जनतामा अनावश्यक भ्रम सृजना गर्ने काम भएकाे भन्दै एमसीसीमा कुनै राष्ट्रघात नभएकाे, देश र जनताकाे हितमा रहेकाेसमेत बताए।





























प्रतिक्रिया