एमसीसीका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रम मात्र हुन् : प्रधानमन्त्री

एमसीसीका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रम मात्र हुन् : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन्। उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन्। 

कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रम मात्र भएको पनि स्पष्ट गरे। उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैं मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गरे। 

प्रधानमन्त्री देउवाको प्रश्न थियो, “आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषदबाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन ? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?” देउवाले आक्रोशित हुँदै भने, “आफू पार्टीको नेता र मन्त्री हुँदा आफैंले मन्त्रिपरिषदबाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसैबेला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनु पर्दैनथ्यो?” 

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट गरे। 

प्रधानमन्त्री देउवाले रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाए। उनले सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसीसीका बारेमा जवाफ दिनैपर्ने भो भन्दै पूर्वमन्त्री एवं एमाले नेता रावलप्रति आक्रोश पोखेका थिए ।रासस

Skip This
Skip This
Logo