काभ्रे तथा काठमाडौं जिल्लाभर कार्यक्षेत्र रही राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले १ दिने सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकका पूर्वनिर्देशक श्यामकृष्ण दाहालले सहजिकरण गरेका थिए।
निर्देशक दाहालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी ऐन-२०६४, नियमावली- २०७३ तथा सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४ (दोश्रो संशोधन, २०७७) तथा सहकारी विभागबाट जारी भएको एकिकृत निर्देशिका २०७८ सम्वन्धी अन्तर्क्रियात्मक रुपमा सहजिकरण गर्दै यसमा सहकारीको दायित्व र जिम्मेवारी सम्वन्धी व्यवस्था स्पष्ट पारेका थिए। कार्यक्रममा उनले सम्पत्ति शुद्धिकरणको पूर्णपालना नगर्दा हुने जोखिम तथा कार्वाही सम्बन्धी विभिन्न घट्नाहरुसहित प्रस्तुत गरेका थिए।
कार्यक्रमका अवसरमा संस्थामा स्थायी नियुक्ति भएका २१ जना कर्मचारीलाई संस्थाका अध्यक्ष प्रदिप थापाले नियुक्ति पत्रसमेत प्रदान गरेका थिए ।
संस्थाका समिति, उपसमिति एवं कर्मचारीसहित १३७ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भिमसेनप्रसाद सापकोटाले राखेका थिए। कार्यक्रम संचालन नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गरेका थिए।





























प्रतिक्रिया