सुनको मूल्य १२ सयले घट्याे, कतिमा काराेबार हुँदै?

सुनको मूल्य १२ सयले घट्याे, कतिमा काराेबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ बुधबार तोलामा १२ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ सयमा काराेबार भएकाेमा बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार तीन सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

तेजावी सुनको भाउ तोलाको ९८ हजार ८०० तोकिएको छ।  

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ। बुधबार चाँदीकाे मूल्य १ हजार ३७० कायम भएकाे छ।

Logo