महँगियो स्मार्टफोन, चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने

महँगियो स्मार्टफोन, चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने

केन्द्रबिन्दु
0
Shares

युक्रेनमाथि रुसी हमलाको मूल्य युक्रेनका अतिरिक्त रुसले पनि चुकाएको छ। रुसमा उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। प्रतिबन्धका कारण वितरण प्रभावित हुँदा स्मार्टफोन र टेलिभिजिनको लागत १० प्रतिशतभन्दा बढेको छ। नाइक, एप्पल, आइकेआ जस्ता मूख्य ब्रान्डले रुसमा आफ्नो उत्पादन बिक्री नगर्ने भएका छन्।

बैंकिङ प्रणालीमा असर
रुसी वित्तिय संस्थाहरुलाई स्वीफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट हटाइएको छ, जसका कारण रुसमा लेनदेन गर्न कठिनाइ भएको छ। एपल, गुगल पे, मास्टरकार्ड, भिसा र अन्यले पनि रुसमा आफ्नो सेवा सीमित गरेका छन् ।

रुसीले लुगा र खानेकुरामा बढी खर्च गर्छन्
राज्य सञ्चालित प्रोम्सभ्याज बैंक (पीएसबी)का अनुसार युद्धको संकेत थाहा पाएपछि रुसीहरु विद्युतीय र औषधिजन्य सामाग्री किन्न पसलमा हतारिएका थिए। मार्चको पहिलो साता उनीहरूले लुगा र खानामा बढी खर्च गरेका थिए। प्रतिबन्धका कारण रुसको व्यापार कटौतीपछि उनीहरुले सामानहरू भण्डारण गरेका थिए ।

मुद्रास्फीति र भण्डारणको हतारका कारण एक साधारण रुसीले मार्चको पहिलो साता फेब्रुवरीको औषत तुलनामा २१ प्रतिशत बढी खर्च गरेको पीएसबीले एउटा नोटमा जनाएको छ। क्रेडिट र डेबिट कार्डको विश्लेषणपछि पीएसबीले सो जानकारी दिएको हो।

रुसी हमलापछि विद्युतीय सामाग्रीको मूल्य ४० प्रतिशतले बढेको छ। फार्मेसी बिक्री २२ प्रतिशत बढेको छ। लुगा, जुत्ता र सुपरमार्केटमा खर्च १६ प्रतिशतले बढेको पीएसबीले जनाएको छ।एजेन्सी

Logo