एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

एमाले संसदीय दलको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो। 

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो। 

नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ।

बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि सहभागी छन्। 

Skip This
Skip This
Logo