यु-१८ महिला साफ: दोस्रो खेलमा बंगलादेशको सामना गर्दै नेपाल

यु-१८ महिला साफ: दोस्रो खेलमा बंगलादेशको सामना गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

पहिलो खेलमा आयोजक भारतसँग ७-० अन्तरले पराजित नेपालले जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ। 

जमसेदपुरमा हुने खेल साँझ  सवा ७ बजे सुरु हुनेछ। बंगलादेश तुलनात्मकरुपमा नेपाल भन्दा बलियो छ। यद्यपि प्रीती राईको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजीमा छ। 

यता, बंगलादेशसमेत पहिलो खेलमै जित निकाल्न चाहन्छ। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ।

प्रतियोगिताको शीर्ष टोलीले उपाधि हात पार्नेछ। 

Skip This
Skip This
Logo