काठमाडौँ ।
आइतबार शेयरमा नयाँ कीर्तिमान कायम भएको छ ।
अहिलेसम्म शेयर कारोबार सबैभन्दा धेरै मंसिर १४ गते एकैदिन सबैभन्दा धेरै ९ अर्ब २२ करोड भएको थियो भने आइतबार शेयर बजारमा हालसम्मकै धेरै ९ अर्ब ३७ करोडको कारोबार भएको छ ।
आइतबार २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर खरीद बिक्री हुँदा ९ अर्ब ३७ करोडको कारोबार भएको हो । आइतबारको कारोबारले उक्त रेकर्ड तोड्दै नयाँ कीर्तिमान कायम भएको हो ।
आइतबार विभिन्न कम्पनीको सेयर ७९ हजार ४९८ पटक किनबेच भएको थियो । शेयर बजार परिसूचक पनि बढेर ऐतिहासिक उचाई कायम भएको छ । आइतबार २३७४.६४ बिन्दुबाट कारोबार शुरु भएको नेप्से ५०.२० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ अंकमा पुगेर बन्द भएको छ ।
नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई शेयर कारोबार गर्न अनुमति प्रदान गरेको र सिडिएस एण्ड क्लियरिङ्गले लिमिटेडले आइतबारदेखि शेयर बजारमा ‘टि प्लज टू’ अर्थात शेयर खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिनमा राफसाफ गर्ने कार्य शुरु गरेकोले कारोबार वृद्धि भएको लगानीकर्ताहरुले अनुमान छ ।
आइतबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक पनि ६.४७ अंकले बढेर ४५२.०६ अंकमा बन्द भएको छ ।































प्रतिक्रिया